टिकटक बन्यो सर्वाधिक लोकप्रिय एप, इन्स्टाग्राम दोस्रोमा

छोटो भिडियो बनाउने तथा सेयर गर्ने लोकप्रिय एप टिकटक सन् २०२२ मा विश्वमा सबैभन्दा धेरै डाउनलोड हुने एप बनेको छ । एप एनालिटिक्स कम्पनी सेन्सर टावरको पछिल्लो तथ्यांकअनुसार सन् २०२२ शुरुवाती समयदेखि नै टिकटक १७ करोड ६० लाख पटक डाउनलोड भएको छ ।

टिकटक डाउनलोड भई नन गेमिङ एपतर्फ सर्वाधिक डाउनलोड हुने एपको पहिलो नम्बरमा रहेको छ । सन २०१८ देखि अन्य कुनै पनि एपले कुल डाउनलोडमा टिकटकलाई पछि पार्न सकेका छैनन् । एनालिटिक्सको तथ्यांकअनुसार उक्त वर्षमा एपको कुल डाउनलोड ३ अर्ब ५० करोड नाघेको छ ।



सर्वाधिक डाउनलोड हने नन गेमिङ एपको दोश्रो नम्बरमा इन्स्टाग्राम रहेको छ । सन् २०२२ मा विश्वमा इन्स्टाग्राम भने १५ करोड १० लाख पटक डाउनलोड भएको छ । त्यस्तै अन्य एपहरु फेसबुक , ह्वाट्सएप र मेसेन्जर क्रमशः तेश्रो, चौथो र पाँचौ स्थानमा रहेका छन् । गूगल प्ले स्टोरबाट सबैभन्दा धेरै डाउनलोड भएका एपहरूमा इन्स्टाग्राम र फेसबुक छन् ।

सम्बन्धित समाचार