नेपाल टेलिकमले ल्यायो ‘स्प्रिङ अफर’

नेपाल टेलिकमले ‘स्प्रिङ अफर’ ल्याएको छ । टेलिकमले असीमित कुराकानी गर्न सकिने टाइम अल नेट भ्वाइस प्याकसहितको ‘स्प्रिङ अफर’ सार्वजनिक गरेको हो ।

सोमबारदेखि सुरु भएको यो प्याकमा दूरसञ्चार सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न सकिने कम्पनीले जनाएको छ । यस अफरमा ग्राहकले ५९९ रुपियाँदेखि एक हजार ४९९ रुपियाँसम्मको सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरू समावेश गरेको छ ।जसअनुसार अबदेखि ९९९ रुपियाँ र एक हजार रुपियाँ ४९९ रुपैयाँका प्याकमार्फत कम्पनीभित्रको नेटवर्कसहित अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने टेलिकमले जनएको छ ।



यी प्याकमा क्रमशः प्रतिदिन दुई जीबी र चार जीबी डाटा तथा प्याक अवधिमा चार सय र एक हजारवटा एसएमएस पठाउन सकिनेछ । सेवाग्राहीहरुको चाहनालाई ध्यानमा राख्दै कम्पनीले यो प्याक उपलब्ध गरिएको जानकारी दिएको छ । यसअघि कम्पनीले नयाँ वर्ष २०७९ को अवसरमा ग्राहकहरुका लागि अनलिमिटेड डेटा र भ्वाइससहितको अफर ल्याएको थियो ।

 

सम्बन्धित समाचार