लखनउद्वारा पन्जाब पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लखनउ सुपर जाइन्ट्स विजयी भएको छ । शुक्रबार राति भएको खेलमा लखनउले पन्जाब किङ्सलाई २० रनले पराजित गरेको हो । प्रतियोगितामा लखनउको यो छैटौं जित हो भने पन्जाबको पाँचौं हार ।

पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बनाएको थियो । लखनउका लागि क्विन्टन डी ककले ४६ रन बनाए भने दिपक हुडाले ३४ रन जोडे । पन्जाबका लागि कागिसो रबडाले ४ विकेट लिए भने राहुल चाहरको भागमा २ विकेट रह्यो ।



लखनउद्वारा पन्जाब पराजित

१५४ रनको लक्ष्य लिएर मैदान उत्रेको पन्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३३ रन मात्र बनाउन सक्यो । पन्जाबका लागि जोनी बेस्ट्रोले ३२ रन बनाए भने कप्तान मयांक अग्रवालले २५ रन जोडे । त्यस्तै ऋषि धवन २५ रनमा अविजित रहँदा लियाम लिभिङस्टोनले १८ रन बनाए । लखनउका लागि मोसिन खानले ३ विकेट लिए भने दुश्मन्था चामिरा र कुर्नाल पाण्डेयको भागमा समान २-२ विकेट रह्यो ।

लखनउद्वारा पन्जाब पराजित

जितसँगै लखनउ ८ खेलमा १२ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने ९ खेलमा ८ अंक जोडेको पन्जाब सातौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलोर भिड्दै छन् भने दोस्रो खेलमा मुम्बई इन्डियन्स र राजस्थान रोयल्स आमने सामने हुनेछन् ।

लखनउद्वारा पन्जाब पराजित

लखनउद्वारा पन्जाब पराजित

 

सम्बन्धित समाचार