लखनउ र चेन्नई विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लखनउ सुपर जाइन्ट्स र चेन्नई सुपर किङस विजयी भएका छन् । आइतबार भएको पहिलो खेलमा दिल्ली क्यापिटल्स लखनउसँग ६ रनले पराजित भयो भने दोस्रो खेलमा चेन्नईले सनराइजर्स हैदरावादलाई १३ रनले पराजित गरेको हो ।

मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १९५ रन बनाएको थियो । लखनउका लागि कप्तान केएल राहुल र दिपक हुडाले अर्धशतकीय पारी खेल्दै क्रमश: ७७ र ५२ रन बनाए भने क्विनटन डीककले २३ रन जोडे । दिल्लीका लागि सार्दुल ठाकुरले ३ विकेट लिए ।



लखनउ

१९६ रनको लक्ष्य लिएर मैदान उत्रेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८९ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि ऋषव पन्तले ४४ रन बनाए भने अक्षर पटेल ४२ रनमा अविजित रहे । त्यस्तै मिचेल मार्श ३७ रन बनाई आउट भए भने रोभम्यान पावेलले ३५ रन जोडे । लखनउका लागि मोशिन लागि खानले ४ विकेट लिए ।

दिल्ली क्यापिटल्स

जितसँगै लखनउ १० खेलमा १४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने ९ खेलमा ८ अंक जोडेको दिली छैटौं स्थानमा रहेको छ । त्यसैगरी इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङसले तेस्रो जित हात पारेको छ । आइतबार राति भएको खेलमा चेन्नईले सनराइजर्स हैदरावादलाई १३ रनले पराजित गरेको हो ।

पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा २ विकेट गुमाउँदै २०२ रन बनाएको थियो । चेन्नईका लागि रुतुराज गायकवाडले ९९ रनको अर्धशतकीय पारी खेले भने डेभोन कोन्वे ८५ रनमा अविजित रहे । हैदरावादका लागि टी नटराजनले २ विकेट लिए ।

चेन्नई

२०३ रनको लक्ष्य लिएर मैदान उत्रेको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८९ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि निकोलस पुरनले अविजित रहँदै ६४ रनको अर्धशतकीय पारी खेले भने टोलीलाई जित दिलाउन सकेनन् । यस्तै कप्तान केन विलियम्सनले ४७ रन बनाए भने अविशेक शर्माले ३९ रन जोडे । चेन्नईका लागि मुकेश चौधरीले ४ विकेट लिए ।

हैदरावाद

जितसँगै चेन्नई ९ खेलमा ६ अंक जोड्दै तालिकाको नवौं स्थानमा छ भने ९ खेलमा १० अंक जोडेको हैदरावाद चौंथो स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज कोलकाता नाइट राइडर्स र राजस्थान रोयल्स भिड्दै छन् ।

लखनउ

 

सम्बन्धित समाचार