पन्जाबद्वारा गुजरात पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पन्जाब किङ्स विजयी भएको छ । मंगलबार राति भएको खेलमा पन्जाब किङ्ग्सले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको हो ।

मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४३ रन बनाएको थियो । गुजरातका लागि साई सुदर्शनले अविजित रहँदै ६५ रनको अर्धशतकीय पारी खेले भने रिद्दिमान शाहले २१ रन बनाए । त्यस्तै डेभिड मिलर र राहुल टेवाटियाले समान ११- ११ रन जोडे । पन्जाबका लागि कागिसो रबडाले ४ विकेट लिए भने अर्शदीप सिंह, लियाम लिभिङ्गस्टोन र ऋषि धवनको भागमा समान १-१ विकेट रह्यो ।



पन्जाबद्वारा गुजरात पराजित

१४४ रनको लक्ष्य लिएर मैदान उत्रेको पन्जाबले १६ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । पन्जाबका लागि शिखर धवनले अविजित रहँदै ६२ रनको अर्धशतकीय पारी खेले भने भानुका राजपाक्षेले ४० रन बनाए । यस्तै लियाम लिभिङ्गस्टोन ३० रनमा नटआउट रहे । गुजरातका लागि मोहमद शामी र लक्की फर्गुसनले समान १-१ विकेट लिए ।

पन्जाबद्वारा गुजरात पराजित

जितसँगै पन्जाब १० खेलमा १० अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ भने १० खेलमा १६ अंक जोडेको गुजरात शीर्ष स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किङ्ग्स भिड्दै छन् ।

पन्जाबद्वारा गुजरात पराजित

पन्जाबद्वारा गुजरात पराजित

 

 

सम्बन्धित समाचार