नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ वैशाख ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्स विजयी भएको छ । बिहीबार राति भएको खेलमा दिल्लीले सनराईजर्स हैदरावादलाई २१ रनले पराजित गरेको हो ।
मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २०७ रन बनाएको थियो । दिल्लीका लागि डेभिड वार्नरले अविजित रहँदै ९२ रनको अर्धशतकीय पारी खेले भने रोभम्यान पावेलले पनि ६७ रन बनाए । त्यस्तै ऋषव पन्तले २६ रन जोडे ।हैदरावादका लागि भुवनेश्वर कुमार, सिन अब्बोट र श्रेयस गोपालले समान १-१ विकेट लिए ।
२०८ रनको लक्ष्य लिएर उत्रेको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८६ रन मात्र बनाउन सक्यो । हैदरावादका लागि निकोलस पुरनले ६२ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै एडिन मार्कम्यानले ४२ रन बनाई आउट भए भने राहुल त्रिपाठीले २२ रन जोडे । दिल्लीका लागि खलिल अहमेदले ३ विकेट लिए भने शार्दुल ठाकुरको भागमा २ विकेट रह्यो ।
जितसँगै दिल्ली १० खेलमा १० अंक पाँचौं स्थानमा उक्लिएको छ भने १० खेलमा १० अंक जोडेको हैदरावाद छैटौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज गुजरात टाईटन्स र मुम्बई इन्डियनस भिड्दै छन् ।