मुम्बईद्वारा गुजरात पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्स विजयी भएको छ । शुक्रबार राति भएको खेलमा मुम्बईले गुजरात टाइटन्सलाई ५ रनले पराजित गरेको हो ।

मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७७ रन बनाएको थियो । मुम्बईका लागि इशान किसनले ४५ रन बनाए भने टिम डेभिड ४४ रनमा अविजित रहे । त्यस्तै कप्तान रोहित शर्मा ४३ रन बनाई आउट भए भने तिलक वर्माले २१ र सूर्यकुमार यादव १३ रन जोडे । गुजरातका लागि राशिद खानले २ विकेट लिए ।



मुम्बईद्वारा गुजरात पराजित

१७८ रनको लक्ष्य लिएर मैदान उत्रेको गुजरातले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ ७२ रन मात्र बनाउन सक्यो । गुजरातका लागि रिद्धिमान साहले ५५ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै सुबमन गिलले ५२ रनको अर्धशतकीय पारी खेले भने हार्दिक पाण्डय २४ रन बनाई आउट भए । त्यस्तै डेभिड मिलर १९ रनमा अविजित रहे । मुम्बईका लागि मुरुगान आश्विनले २ विकेट लिए भने केइरन पोलार्डको भागमा १ विकेट रह्यो ।

मुम्बईद्वारा गुजरात पराजित

जितसँगै मुम्बई १० खेलमा ४ अंक जोड्दै पुछारमा छ भने ११ खेलमा १६ अंक जोडेको गुजरात शीर्ष स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज दुई खेल हुने छन् । पहिलो खेलमा पन्जाब किङ्ग्स र राजस्थान रोयल्स भिड्दै छन् भने दोस्रो खेलमा कोलकाता नाइट राइडर्स र लखनउ सुपर जाइन्ट्स आमने सामने हुने छन् ।

मुम्बईद्वारा गुजरात पराजित

मुम्बईद्वारा गुजरात पराजित

सम्बन्धित समाचार