निर्वाचनको अवसरमा टेलिकमले ल्यायो यस्तो अफर

नेपाल टेलिकमले निर्वाचन अफरको घोषणा गरेको छ । आगामी वैशाख ३० गते देशभर हुने स्थानीय निर्वाचनको अवसरमा टेलिकमले निर्वाचन अफरको घोषणा गरेको हो ।

निर्वाचन अफर आगामी वैशाख २५ गतेदेखि जेठ ४ गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ । टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर ल्याएको हो । कम्पनीका अनुसार जुनसुकै नेटवर्कमा ३ दिन सम्म २०० मिनेट कुराकानी गर्न सकिने २०० मिनेट भ्वाइस प्याक जम्मा रु. ९८ मा उपलब्ध हुनेछ । त्यस्तै ३ दिन सम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० वटा एसएमएस सहितको ३०० एसएमएस प्याक पनि रु. ९८ मा उपलब्ध हुनेछ ।



यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु.९८ रुपैयाँमा खरीद गर्न सकिने कम्पनीले जनाएको छ । यो अफर आफ्नो मोबाइलबाट *१४१५*११# डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरीद गर्न सकिन्छ ।

 

सम्बन्धित समाचार