नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ वैशाख ।

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग आज (बिहीबार) प्रदेश नं १ र मधेश प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ।प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघगर्जन / चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति प्रदेश नं १ र मधेश प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको र कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघगर्जन / चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

