नवकान्तिपुर संवाददाता
काठमाडौं, ३१ वैशाख ।

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ । मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही प्रदेश १, मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश का थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग आज (शनिबार) प्रदेश नं १, बागमती प्रदेशमा, गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुका साथै मधेश प्रदेश तथा कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै आज राति प्रदेश नं १ लगायत देशका अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश नं १, मधेश प्रदेश र बाग्मती प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरुमा मेघगर्जन / चटयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र कर्णाली र सूदुरपश्चिम प्रदेशहरुका थोरै स्थानहरूमा मेघगर्जन / चटयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

