दिल्लीद्वारा पन्जाब पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्स विजयी भएको छ । सोमबार राति भएको खेलमा दिल्ली क्यापिटल्सले पन्जाब किङ्सलाई १७ रनले पराजित गरेको हो ।

मुम्बईमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले  निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५९ रन बनाएको थियो । दिल्लीका लागि मिचेल मार्शले ६३ रनको अर्धशतकीय पारी खेले भने सर्फराज खानले ३२ रन बनाए । त्यस्तै ललित यादव २४ रन बनाई आउट भए भने अक्षर पटेल १७ रनमा अविजित रहे । पन्जाबका लागि लियाम लिभिङस्टोन र अश्रदिप सिंहले समान ३-३ विकेट लिए ।



दिल्लीद्वारा पन्जाब पराजित

१६० रनको लक्ष्य लिएर मैदान उत्रेको पन्जाबले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४२ रन मात्र बनाउन सक्यो । पन्जाबका लागि जितेश शर्माले ४४ रन बनाए भने जोनी बेयर्सटोले २८ रन जोडे । यस्तै राहुल चाहर २५ रनमा अविजित रहे भने शिखर धवनले १९ रन बनाए । दिल्लीका लागि शार्दुल ठाकुरले ४ विकेट लिए भने अक्षर पटेल र कुलदिप यादवको भागमा समान २-२ विकेट रह्यो ।

दिल्लीद्वारा पन्जाब पराजित

जितसँगै दिल्ली १३ खेलमा १४ अंक जोड्दै तालिकाको चौंथो स्थानमा उक्लिएको छ भने १३ खेलमा १२ अंक जोडेको पन्जाब सातौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावाद भिड्दै छन् ।

दिल्लीद्वारा पन्जाब पराजित

दिल्लीद्वारा पन्जाब पराजित

 

 

 

सम्बन्धित समाचार