पत्रपत्रिका
काठमाडौं, ३ जेठ ।
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले पर्सि बिहीबारसम्म सकिने भनेको मतगणना कम्तीमा अर्को दुई सातासम्म नसकिने भएको छ । उनले निर्वाचन सकिएलगत्तै गरेको दाबीमा जेठ ५ गतेसम्म निर्वाचनको परिणाम आइसक्छ भनेका थिए ।
मतगणना यही गतिमा जाने हो भने अझै पूर्ण रूपमा मत परिणाम आउन काठमाडौँ महानगरपालिकालाई एक महिना नै नलाग्ला भन्न सकिन्न। काठमाडौँ महानगरपालिकाको ३२ वडामा कुल मतदाता ३ लाख २ सय ४२ रहेकोमा ६३ प्रतिशत मत खसेको छ । हाल काठमाडौँका ६ वटा वडाको मतगणना भइरहेकोमा एउटा वडाको मात्र सम्पन्न भएको छ ।
२०७४ को मतगणनामा काठमाडौँ महानगरपालिकालाई मतगणना पूरा गर्न १४ दिन लागेको थियो । तर, यसपालिको मतगणना जनशक्तिको अभाव देखाउँदै देशैभरि सुस्त गतिमा चलेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।