आज यी स्थानमा मेघगर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । सुदुरपश्चिम, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागहरुमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभाग आज (बिहीबार) प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा अपह्रान्नपछि आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षा र प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हावा हुरी सहित मध्यम वर्षाको पनि सम्भावना रहेको छ। ।



त्यस्तै आज राति प्रदेश १, मधेश प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र मधेश प्रदेशका केही स्थानहरूमा मेघगर्जन / चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुको साथै अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा अपह्रान्नपछि मेघगर्जन / चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

सम्बन्धित समाचार