लखनउ प्ले अफमा

लखनउद्वारा कोलकाता पराजित

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा लखनउ सुपर जाइन्ट्स विजयी भएको छ । बुधबार राति भएको रोमान्चक खेलमा लखनउले कोलकाता नाइट राइडर्सलाई २ रनले पराजित गरेको हो । जितसँगै लखनउ आईपीएलको प्ले अफमा प्रवेश गरेको छ ।

मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा कुनै विकेट नगुमाई २१० रन बनाएको थियो । लखनउका लागि ओपनर क्विन्टन डी ककले अविजित रहँदै १४० रनको शतकीय पारी खेल्दा कप्तान केएल राहुलले अविजित रहँदै ६८ रनको अर्धशतकीय पारी खेले । आईपीएल इतिहासमा डी कक र राहुलको यो कीर्तिमानी र सर्वाधिक ठूलो साझेदारी हो ।



लखनउद्वारा कोलकाता पराजित

२११ रनको लक्ष्य लिएर मैदान उत्रेको कोलकाता निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २०८ रन मात्र बनाउन सक्यो । कोलकाताका लागि कप्तान श्रेयस आयरले ५० रनको अर्धशतकीय पारी खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । त्यस्तै नितिश राना ४२ रन बनाई आउट भए भए भने रिन्कु सिंहले ४० रन जोड्दा साम विलिङसले ३६ र सुनिल नारिने २१ रनमा अविजित रहे । लखनउका लागि मार्कुस स्टोनिस र मोसिन खानले समान ३-३ विकेट लिए ।

लखनउद्वारा कोलकाता पराजित

जितसँगै लखनउ १४ खेलमा १८ अंक दोस्रो स्थानमा उक्लदै प्ले अफ पुग्ने दोस्रो टोली बनेको छ भने १२ अंक जोडेको कोलकाता छैटौं स्थानमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलोर र गुजरात टाइटन्स भिड्दै छन् ।

लखनउद्वारा कोलकाता पराजित

लखनउद्वारा कोलकाता पराजित

लखनउद्वारा कोलकाता पराजित

लखनउद्वारा कोलकाता पराजित

 

सम्बन्धित समाचार