दलप्रति जनताको आक्रोशबीच स्वतन्त्र उम्मेदवार बालेन साहको उदय

स्थानीय निर्वाचनको मत परिणामले एक पटक राजनीतिक पार्टीका ठूला दलहरुलाई राम्रै सवक सिकाउँदै छ । स्वतन्त्र उम्मेदवारलाई नसोचेको मतपरिणाम देशैभरीबाट आइरहेकोे नतिजाले प्रष्ट पारेको छ । यसै मेसोमा काठमाडौँ महानगरपालिकाको मेयरमा बालेन साह पनि अग्रस्थानमा रहँदै भारी मतले अगाडी रहेका छन् ।

अन्य नगरहरु तथा गाउँपालिकाहरुमा पनि स्वतन्त्र उम्मेदवारको क्रेज ह्वातै बढेको उनीहरुलाई आएको जनतमले देखाइरहेको छ । ठूला दलहरुसँग जनता आजिद भइसकेकाले दलको विकल्प खोजिरहेका काठमाडौँबासीहरुले बालेन्द्रलाई विकल्पको रुपमा लिएको बुझ्न सकिन्छ । जनताहरु राजनीतिक दलहरुको रबैयाबाट वाक्क-दिक्क भइसकेका छन् ।



राम्रोलाई हैन हाम्रोलाई टिकट दिने अनि ठूलै धनराशीमा टिकटको चलखेल गर्ने परिपार्टी अनि पारिवारिक विरासतको आधारमा लक्ष्य र योजना कुनै भिजनरी प्लान केही नभएका उम्मेदवारलाई टिकट दिनुले जनतामा दल प्रतिको आक्रोश बढेको सहजै बुझ्न सकिन्छ । त्यसैको उपज हो बालेन साहको उदय, पुरातनबादीहरुलाई जिताउनु भन्दा नयाँ योजना र लक्ष्य सहित आएका बालेन साहजस्ता युवालाई जिताउँदा विकासले गति लिने काठमाडौँका जनताको ठम्याई रहेको बुझिन्छ । कलाकार, विभिन्न पेशागत संगठन, बौद्धिक जमात तथा काठमाडौँका रैथानेहरुले खुलेरै स्वतःस्फुर्त रुपमा बालेन साहलाई समर्थन गरेको प्रष्टै देखिन्छ ।

देशकै केन्द्रबिन्दुमा रहेको काठमाडौँ महानगर यतिखेर चर्चाको विषय बनेको छ । ‘दुर्गन्धित र अव्यवस्थित शहर काठमाडौँलाई स्वच्छ, सफा हराभरा भएको देख्न चाहेका काठमाडौँबासीको सपना बालेन साहबाट पूरा हुने देखेका छौँ । त्यसैकारण उहाँले जित्न पर्छ काठमाडौँ नक्सालका दिपक मान्नधर बताउँछन् ।’ बानेश्वरका रबि श्रेष्ठ भन्छन्, ‘दलहरुले कुरुप बनाएको काठमाडौँ बालेन साहबाट सुन्दर बन्न सक्छ त्यही विश्वास र भरोसामा जिताउन मत दिएका हौँ ।’

काठमाडौँको मेयर जित्नु भयो भने तपाईंका ठोस योजना के हो भनी जिज्ञासा राख्दा बालेन साह यसो भन्छन्, ‘ठूला ठूला सपना नबाडी फोहोरमैलालाई उचित व्यवस्थापन गर्दै स-साना बिषयबस्तुलाई व्यवस्थित तवरबाट हल गर्ने, जनतालाई सर्वसुलभ सेवा प्रवाह गर्ने मेरो पहिलो प्राथामिकता हो । आन्तरिक स्रोतसाधनलाई अधिकतम प्रयोग गरी बेरोजगारी समस्या हल गर्ने रोजगारमूलक समुन्त समाज निर्माण गर्ने दोस्रो प्राथामिकता हो बालेनले भने, भ्रष्टचार र बेथितीलाई उन्मुलन गर्दै समृद्ध काठमाडौँ, सुन्दर काठमाडौँ शहर बनाउने तेस्रो प्राथामिकता हो । अन्य थुप्रै योजनालाई प्राथामिकताको आधारमा कार्यान्वयन गर्दै जाने बालेन साह बताउँछन् । यी सबै कामले सार्थक पाहोस् शुभकामना छ बालेन साहलाई ,काठमाडौँबासीको मतको कदर गर्दै नयाँ स्वरुपमा काठमाडौँलाई परिचित गराउन सक्नुनै तपाईंको लागि हितकार हुनेछ ।

सम्बन्धित समाचार