नवकान्तिपुर संवाददाता
काठमाडौं, १० जेठ ।
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको पहिलो क्वालिफायरमा गुजरात टाइटन्स र राजस्थान रोयल्स भीदै छन् । आज (मंगलबार) कोलकातामा हुने खेल नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ ।
आज हुने खेलमा दुवै टोली जित निकाल्दै फाइनलमा स्थान सुरक्षित पार्ने योजनाका साथ मैदान उत्रदै छन् । गुजरात अबका तालिकाको शीर्ष स्थानमा रहँदै र राजस्थान दोस्रो स्थानमा रहँदै प्ले अफमा स्थान सुरक्षित गरेका थिए । खेलको विजेता फाइनल पुग्नेछन् पराजित हुने तिम्ले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्न मौका पाउने छन् ।
गुजरात यस सिजनको नवप्रवेशी टोली हो । पहिलो सिजनमै उत्कृष्ट खेल पस्कदै गुजरात प्लेअफ पुगेको हो । गुजरातले २० अंक जोडेर शीर्ष स्थानमा रहदै क्वालिफायर खेल्न लागेको हो भने राजस्थान भने दोस्रो स्थानमा रहदै क्वालिफायर खेल्न लागेको हो । राजस्थानले भने १८ अंक जोडेको थियो ।