बैंगलोरलाई पराजित गर्दै राजस्थान फाइनलमा

रोयल च्यालेन्जर्स बैंगलोरलाई पराजित गर्दै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको दोस्रो क्वालिफायरमा राजस्थानले बैंगलोरलाई ७ विकेटले पराजित गरेको हो ।

बैंगलोरलाई पराजित गर्दै राजस्थान फाइनलमा



अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको थियो थियो । बैंगलोरका लागि रजत पटीदारले ५८ रनको अर्धशतकीय पारी खेले भने कप्तान फाप डु प्लेसिसले २५ रन बनाए । त्यस्तै ग्लेन म्याक्सवेल २४ रन बनाई आउट भए भने साहबाज अहमेद १२ रनमा अविजित रहे । राजस्थानका लागि प्रसिद्ध कृष्ण र ओबेड म्याककोयले समान ३-३ विकेट लिए ।
७ विकेटले हराउँदै राजस्थान उपाधि नजिक पुगेको हो ।

१५८ रनको लक्ष्य लिएर मैदान उत्रेको राजस्थानले १८ ओभर १ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो । राजस्थानको लागि जोस बट्लरले अविजित रहँदै १०६ रनको शतकीय पारी खेले भने कप्तान सन्जु सामसनले २३ र याशभी जैशवालले २१ रन बनाए । बैंगलोरका लागि जेष हाजलउडले २ विकेट लिए भने वानिन्दु हसरंगा डी सिल्भाको नाममा १ विकेट रह्यो ।

बैंगलोरलाई पराजित गर्दै राजस्थान फाइनलमा

उपाधिको लागि अब गुजरात टाइटन्स र राजस्थान रोयल्स भिड्ने छन् । गुजरात पहिलो क्वालिफायरलाई राजस्थानलाई नै पराजित गर्दै फाइनल प्रवेश गरेको थियो ।

बैंगलोरलाई पराजित गर्दै राजस्थान फाइनलमा

बैंगलोरलाई पराजित गर्दै राजस्थान फाइनलमा

 

सम्बन्धित समाचार