अध्यक्ष तामाङ्ले पदभार समालेसँगै ककनीलाई भ्रष्टाचार मुक्त बनाउने उद्घोष

ककनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सुमन तामाङ् (सज्जन) ले पदभार ग्रहण गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष उम्मेदवार तामाङ्ले नेपाली कांग्रेसका नेता नवराज घिमिरेलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले पदभार ग्रहण गर्दै ककनीलाई भ्रष्टाचार मुक्त बनाउने उद्घोष गरेका छन् । सामन्य परिवारमा जन्मिएका तामाङ् १० वर्षे जनयुद्धका योद्धा पनि हुन । उनी समृद्ध ककनी, विकसित एवं पर्यटकीय ककनी बनाउने अठोट बोकेर जनता सामू आएको बताउँछन् ।



पर्यटकीय स्थलको रुपमा परिचित ककनीमा अथाह पूर्वाधार तथा विकासका सम्भावनाहरु रहेको छ । विगत ५ वर्षमा ककनी अपरिचित हुन पुगेको भन्दै तामाङ्ले त्यसलाई पर्यटकीय क्षेत्रमा विकास गरी नमुना पालिकाको रुपमा चिनाउने उद्घोष गरे । उनले ककनीबासीले विकासको अनुभूति गर्ने गरी काम गरेर देखाउने बताएका छन् । तर, उनको कार्यशैलीले विकासको गति कसरी लिन्छ त्यो भने समयले नै निर्धारण गर्ने छ । ककनीबासी जनताको भवनलाई समेटेर काम गर्नु नै अध्यक्ष तामाङ्को लागि हितकर हुनेछ ।

यसअघिको निर्वाचनमा पनि नेकपा माओवादीका नेता मानबाहादुर लामा अध्यक्षतामा निर्वाचित भएपनि उनले पाँच वर्षमा ककनीको जनताले महशुश गर्ने गरी कुनै काम गर्न नसकेको स्थानीयहरू बताउँछन् ।

सम्बन्धित समाचार