नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ जेठ ।

तारा एयरको जहाज सम्पर्कविहिन भएको छ । आज (आइतबार) बिहान ९:१५ बजे पोखराबाट मुस्ताङ उडेको तारा एयरको जहाज सम्पर्कविहिन भएको हो ।
तारा एयरको 9N-AET कल साइन भएको ट्विनअटर जहाजमा तीनजना चालक दलका सदस्यसहित २२ जना यात्रा रहेका छन् । जहाजमा दुई जर्मनी नागरिक, चार भारतीय र बाँकी १३ जना नेपाली नागरिक रहेको नागरिक उड्डयन कार्यालय पोखराले जनाएको छ ।
तारा एयरको ट्विनअटर विमान लेते क्रस भएर धौलागिरि मोडिएपछि सम्पर्कविहिन भएको बताइएको छ । जहाजमा चालकदलका सदस्यमा क्याप्टेन प्रभाकर प्रसाद घिमिरे, सहायक पाइलट उत्सव पोख्रेलर विमानपरिचारिका क्रिस्मी थापा सवार थिए भने यात्रुहरुमा इन्द्रबहादुर गोले, पुरुषेत्तम गोले, राजनकुमार गोले, वसन्त लामा, गणेशनारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकरबहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोककुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर, वैभवी बाण्डेकर र मिक ग्र्याट रहेका छन् ।

