आईपीएलको उपाधि गुजरातलाई

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको उपाधि नवप्रवेशी टोली गुजरात टाइटन्सले जितेको छ । आइतबार राति भएको फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले पहिलो सहभागितामै उपाधि चुमेको हो ।

आईपीएलको उपाधि गुजरातलाई



अहमदाबादमा टस जितेर पहिले पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन बनाएको थियो ।राजस्थानका लागि जोस बट्लरले ३९ रन बनाए भने याशभी जैसवालले २२ रन जोडे । त्यस्तै रियान पराग १५ रन बनाई आउट भए भने कप्तान सन्जु सामसनले १४ रन जोडे । गुजरातका लागि हार्दिक पान्डयले ३ विकेट लिए भने साई किशोरको भागमा २ विकेट रहँदा मोहमद शामी, रासिद खान र यश दयालको नाममा समान १-१ विकेट रह्यो ।

१३१ रनको लक्ष्य लिएर मैदान उत्रेको गुजरातले १८ ओभर १ बलमा ३ विकेट गुमाउन्दै पूरा गर्यो । गुजरातको लागि सुबमन गिलले अविजित रहँदै ४५ रन बनाए भने कप्तान हार्दिक पान्डयले ३४ रन जोडे । यस्तै डेभिड मिलर ३२ रनमा अविजित रहे । राजस्थानका लागि ट्रेन्ट बोल्ट , प्रसिद्ध कृष्ण र युजभेन्द्र चाहलले समान १-१ विकेट लिए ।

आईपीएलको उपाधि गुजरातलाई

गुजरात पहिलो क्वालिफायरमा राजस्थानलाई ७ विकेटले पराजित गर्दै फाइनल प्रवेश गरेको हो राजस्थान दोस्रो क्वालिफायरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले नै हराउँदै फाइनल पुगेको हो ।

आईपीएलको उपाधि गुजरातलाई

आईपीएलको उपाधि गुजरातलाई

आईपीएलको उपाधि गुजरातलाई

सम्बन्धित समाचार