जहाज दुर्घटनाको विषयमा यसो भन्यो तारा एयरले (विज्ञप्तिसहित)

तारा एयरले जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउनुपर्दा स्तब्ध भएको बताएको छ । आज (सोमबार) कम्पनीले एक विज्ञप्ति जारी गर्दै यस्तो बताएको हो ।

आइतबार अर्थात् जेठ १५ गते बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एइटी–डिएचसी–६ ट्वीनअटरवायुयान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नं २ स्थित सानसुरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको सुनाउनुपर्दा दुःख लागेको बताएको विज्ञप्तिमा उल्लेख छ ।



विमान १४ हजार ५०० फिट उचाइमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । प्रतिकूल मौसम तथा जटिल भौगोलिक अवस्था हुँदा पनि नेपाल नागरिक उड्डयन प्राधिकरण, खोज तथा उद्धार समन्वय केन्द्रमार्फत हवाई तथा स्थलमार्गबाट खोजी गर्दा वायुयान फेला परेको र हाल उद्धारकर्मी दुर्घटनास्थलमा पुगेर उद्धार कार्य जारी राखेको तारा एयरले जनाएको छ । विमानले अन्तिम पटक जोमसोम टावरसँग  बिहान १०ः०७ बजे घोडेपानीबाट सम्पर्कमा आएपश्चात् सम्पर्कविहीन भएको थियो ।

विज्ञप्ति –

विज्ञप्ति -

सम्बन्धित समाचार