नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ जेठ ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ३ जना फेला परेका छन् । संखुवासभा, चैनपुर नगरपालिका-७ फलाटे बस्ने ६६ वर्षीय लाल बहादुर मुदेल सोही ठाउँस्थित बाटोमा सोमबार मृत अवस्थामा फेला परेका हुन् । आइतबार दिउँसो चैनपुर बजार जान्छु भनि घरबाट हिडेका र घर फर्की नआएको उनको उक्त स्थानमा शव फेला परेको हो ।
त्यस्तै नवलपरासी(पूर्व), गैंडाकोट नगरपालिका-११ भेडाबारीस्थित नारायणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै सिरहा, सुखिपुर नगरपालिका-१० दहिपौडी बस्ने २१ वर्षीय सरोज कुमार यादव आफ्नै घरको ओछयानमा सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

