आईफोन १४ शीघ्र लञ्च हुँदै, केके छन् नयाँ फिचरहरू ?

आईफोन १४ सिरिजको बारेमा प्रशंसकहरु को उत्सुकता बढ्दै गएको छ । आईफोन प्रेमीहरूद्वारा बहुप्रतीक्षित एप्पलको आईफोन १४ सेप्टेम्बरमा लञ्च हुँदैछ । विभिन्न सञ्चार माध्यमहरूमा आएका सूचनालाई आधार मान्दा आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्सलाई अलवेज अन डिस्प्ले ‘Always On Display ‘ को सुविधा दिइनेछ।

ब्लूमबर्गको मार्क गुरम्यानको रिपोर्ट अनुसार, आईओएस १६ को साथ, एप्पलले अलवेज अन डिस्प्ले सुविधा जारी गर्न सक्छ । यस अन्तर्गत फोन लक हुँदा पनि डिस्प्लेमा जानकारी देख्न सकिन्छ। ‘Always On Display ‘ को अवधारणा र सुविधा निकै पुरानो हो ।



आईफोन १४ का धेरै तस्बिरहरू पनि वेबसाइटहरूमा लिक भइरहेका छन् । यसको विशेषताहरु बारे पनि विभिन्न खुलासा भइरहेका छन् । एप्पलले नयाँ आईफोनमा फ्रन्ट क्यामेराको सन्दर्भमा ठूलो परिवर्तन गर्न लागेको छ ।

कम्पनीले चिनियाँ आपूर्तिकर्ताको सट्टा एलजी इनोटेक (LG Innotek )को फ्रन्ट क्यामेरा सेन्सर प्रयोग गर्न सक्छ । विशेष कुरा यो छ कि यसका साथ आईफोन १४ को फ्रन्ट क्यामेरा आईफोन १३ भन्दा धेरै शक्तिशाली हुनेछ । यसको मूल्य पनि पहिलेको तुलनामा तीन गुणा बढी हुनेछ ।

सम्बन्धित समाचार