मृत अवस्थामा ७ जना फेला

काठमाडौँ सहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । काठमाडौं, चन्द्रागिरि नगरपालिका-१ दहचोक खहरे डेरा गरी बस्ने काठमाडौं महानगरपालिका-१ नक्साल घर भएका ४६ वर्षीय श्याम सुन्दर पोखरेल आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै जाजरकोट, शिवलय गाउँपालिका-६ पानीमुला बस्ने २७ वर्षीया दुर्गा वुढा (शाही) सोही ठाउँस्थित आफ्नै कोही नबस्ने घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् । बिहीबार दिउँसोदेखि घरबाट आफूखुसी हिँडेकी उनको खोजी गर्ने क्रममा उक्त घरको कोठामा शव फेला परेको हो ।



यस्तै सिरहा, लहान नगरपालिका-७ बस्ने ३५ वर्षीय सुखिया गोसाई आफ्नै घरभित्र पलङमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता सुर्खेत, सिम्ता गाउँपालिका-६ राकम नजिक रहेको फेरीको लहरामा सल्यान बनगार्ड कुपिण्डेदह नगरपालिका-३ बस्ने ४५ वर्षीया पार्वती कामी मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१२ आईतबारे नहरचोक छेउमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता काभ्रेपलाञ्चोक, पनौती नगरपालिका-७ स्थित मानेश्वरी खोलाको किनारमा सल्यान शारदा नगरपालिका-१३ घर भएका ३५ वर्षीय तोभान राना मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी सिन्धुली, फिक्कल गाउँपालिका-६ तिनखण्डेस्थित सुनकोसी नदीको किनारमा हाल नाम, थर, वतन, नखुलेका अन्दाजी ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार