नेपाल अभ्यास खेलमा पराजित

नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा पराजित भएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गतको अमेरिका र ओमानसँग सिरिजका लागि अमेरिकामा रहेको नेपाल अल स्टार्ससँग ४ विकेटले पराजित भएको हो ।

पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा बिहीबार राति भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५ ओभर ५ बलमा अलआउट हुँदै १९० रनमा समेटिएको थियो । नेपालको लागि आरिफ शेखले अविजित रहँदै ६० रनको अर्धशतकीय पारी खेले भने विनोद भण्डारीले २६ रन जोड्दा करण केसीले २१ रन बनाए । अल स्टार्सका लागि मार्टिन कैनले ३ विकेट लिए भने मोहम्मद इलायस र आदिल भाटीको भागमा समान २-२ विकेट रह्यो ।



१९१ रनको लक्ष्य लिएर मैदान उत्रेको अल स्टार्सले ३३ ओभर ५ बलमा ६ विकेट गुमाउँदै पूरा गर्यो । अल स्टार्सको लागि विपुल शर्माले ५० रनको अर्धशतकीय पारी खेले भने एन्ड्रिज गौसले ४५ रन बनाउँदा गौरभ बजाज ४० रनमा अविजित रहे । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ५विकेट लिए । अब नेपालले दोस्रो अभ्यास खेल भोलि (शनिबार) ह्युस्टन हरिकेन्ससँग खेल्नेछ ।

लिग टूअन्तर्गतकै सिरिजका लागि नेपाली टोली अहिले अमेरिका भ्रमणमा रहेको हो । सिरिजमा नेपालले अमेरिका र ओमानसँग दुई दुई खेल खेल्नेछ । सिरिज अन्तर्गत नेपालले पहिलो खेल ओमानविरुद्ध जुन ९ मा हुनेछ भने दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा, तेस्रो खेलमा ओमानविरुद्ध जुन १४ र अन्तिम खेल अमेरिकाविरुद्ध जुन १५ मा खेल्नेछ ।

सम्बन्धित समाचार