मृत अवस्थामा ८ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ८ जना फेला परेका छन् । धनुषा, धनुषाधाम नगरपालिका-३ सिकियाहा चोकमा हंसपुर नगरपालिका-८ झटियाही टोल बस्ने ६० वर्षीय बली मण्डल बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।

त्यस्तै डडेल्धुरा, गन्यापधुरा गाउँपालिका-३ रतिगेडास्थित सडकमा सोही गाउँपालिका-३ रुलाकोट घर भएका ४० वर्षीय भल्लु दमाई बिहीबार मृत अवस्थामा फेला परेका छन् । यता सुनसरी, धरान उपमहानगरपालिका-१३ गुरुकुल प्रतिष्ठान सुधार केन्द्रमा काभ्रे पनौती नगरपालिका-५ घर भएका ३९ वर्षीय सन्तोष दाहाल बिहीबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै बैतडी, सिगास गाउँपालिका-१ गाजरी बस्ने ५२ वर्षीय गगन सिंह धामी सोही ठाउँस्थित गोठमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।यता सल्यान, कालिमाटी गाउँपालिका-२ तिखेतरा बस्ने ६२ वर्षीया डम्बरी कुँवर सोही ठाउँस्थित तल्लो दल्ले शारदा नदीको बिचमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

त्यसैगरी मोरङ, बेलबारी नगरपालिका-९ माझी गाउँ बस्ने ४१ वर्षीया सम्झना खवास सोही ठाउँस्थित रहेको कुलोमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यसैगरी भोजपुर, षडानन्द नगरपालिका-१ मझुवा बेशीमा मोरङ सलकपुर बस्ने ६५ वर्षीय पदम बहादुर चौहान बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

यता कालीकोट, खाँडाचक्र नगरपालिका-१ सल्लेरी भन्ने स्थानमा तिलागुफा नगरपालिका-६ जुबिधा बस्ने ३५ वर्षीय चन्द्र सूर्य शाही बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

सम्बन्धित समाचार