नवकान्तिपुर संवाददाता
काठमाडौं, २० जेठ ।

काठमाडौँ उपत्यका सहित अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सार्वजनिक यातायातको भाडा घटेको छ । आज (शुक्रबार) बाट लागू हुने गरी यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा घटाएको हो ।
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै विभागले सार्वजनिक यातायातको सवारी भाडा समायोजन गरेको जनाएको छ । विभागले सार्वजनिक यातायातको २ प्रतिशतको दरले भाडा घटेको जनाएको छ । जसमा यात्रु वहाक सवारी साधनको भाडामा ३.५, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा २.६ र तराईका बाटोमा सञ्चालन हुने मालबाहाक सवारीको भाडामा २.९ प्रतिशतले घटेको छ।
भाडा घटेको सूचना गर्दै विभागले पेट्रोलियम पदार्थको मूल्य घटेसँगै सार्वजनिक सवारी साधनको पनि भाडा समायोजन गरिएको जनाएको छ । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु १० घटाएको हो ।
यस्तो छ नयाँ भाडादर :

