नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ जेठ ।

काठमाडौं सहित देशका विभिन्न स्थानबाट मृत अवस्थामा ३ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-२२ सुन्धारा नागिस्थानमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै रुपन्देही, सैनामैना नगरपालिका-७ एकता टोल बस्ने ४५ वर्षीय दिनेश थारु सोही ठाउँस्थित खोलाको किनारमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै झापा, मेचीनगर नगरपालिका-६ पुरानो भन्सार बस्ने सोही नगरपालिका-९ धुलावारी घर भएका ४४ वर्षीय टिका दनुवार आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

