नेपाल र थाइल्याण्ड भिड्दै

आईसीसी यू-१९ महिला टी-ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गतको चौथों खेलमा नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । आज (मंगलबार) हुने खेल नेपाली समय अनुसार बिहान ११ बजे सुरु हुनेछ ।

मलेसियाको युकेएम ओभल मैदानमा हुने खेलमा नेपाल तेस्रो जित निकाल्ने योजना सहित मैदान उत्रदैछ भने थाइल्याण्ड पनि प्रतियोगितामा नेपालविरुद्ध जित दर्ता गर्ने योजनामा रहेको छ । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा युएईसँग १० विकेटले पराजित हुँदा हिजो भएको खेलमा भुटानलाई ४ विकेटले पराजित गरेको थियो ।



नेपाल ३ खेलमा २ जित र १ हारसहित ४ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा छ भने समान खेलमा ६ अंक जोडेको थाइल्याण्ड तालिकाको दोस्रो स्थानमा रहेको छ । टी-ट्वान्टी विश्वकप एसिया छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । अब नेपालले अन्तिम तथा पाँचौं खेल आगामी बिहीबार आयोजक मलेसियाविरुद्ध खेल्नेछ ।

 

सम्बन्धित समाचार