नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ जेठ ।

काठमाडौँ सहित देश विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । काठमाडौं महानगरपालिका-९ सिनामंगल भत्केको पुलस्थित कृष्ण मन्दिर परिसरमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै डोटी, शिखर नगरपालिका-७ बिष्टै गाउँ बस्ने १५ वर्षीय बिक्रम रावल सोही नगरपालिका शिखर लेक ताल भन्ने स्थानमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यही जेठ ८ गते घरबाट हिँडी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।
यस्तै मकवानपुर, हेटौंडा उपमहानगरपालिका-११ थानाभर्याङ सागरपथ बस्ने ६५ वर्षीय लक्ष्मण गोले घर नजिकै रहेको कुलोमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यता काठमाडौं महानगरपालिका-२४ न्यूरोडमा सोही महानगरपालिका-१२ टेकु बस्ने ३४ वर्षीय सुरेन महर्जन बुधबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी दार्चुला, शैल्यसिखर नगरपालिका-१ बारिलतोर्के बस्ने ४५ वर्षीया अनिबा खडायत आफ्नै घरबाट करिब २ सय मिटर टाढा रहेको खरको कुन्निउमा बुधबार मृत अवस्थामा फेला परेकी छन् । उक्त कुन्निउमा जलेको अवस्थामा उनको शव फेला परेको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले घटनामा शंकास्पद २ जनालाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।
यसैगरी पाल्पा, निस्दी गाउँपालिका-४ दर्घा घर भई मित्यालमा जग्गा भाडामा लिई कुखुरा फर्म खोली बस्ने ४९ वर्षीय कोष बहादुर खाम्चा सुतेकै ठाउँमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यता बाँके, नेपालगंज उपमहानगरपालिका-१ रानाचोक बस्ने २९ वर्षीय सुरज रेग्मी आफू सुत्ने कोठामै बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

