नेपाल टेलिकमको ‘एनटी टीभी’ एपको परीक्षण शुरु

नेपाल टेलिकमको ‘एनटी टीभी’ एपको परीक्षण शुरु गरेको छ । कम्पनीले एक विज्ञप्ति जारी गर्दै टेलिकमले ‘एनटी टीभी’ एपको परीक्षण शुरु गरेको जानकरी दिएको हो ।

यस एपमा २४ सै घन्टा विभिन्न प्रकारका ‘फ्री टु एयर’ टेलिभिजन च्यानलहरु निःशुल्क हेर्न सकिने सुविधा रहेको छ । यो एप २०७९ जेठ २४ गतेबाट परीक्षणको रुपमा एन्ड्रोइडको प्ले स्टोर तथा एप्पलको एप स्टोरमा उपलब्ध गराइएको कम्पनीले बताएको छ। यस एपमार्फत एन्ड्रोइड र आईओएसका मोबाइलहरुमा उपलब्ध रहेका सम्पूर्ण नेपाली टेलिभिजन च्यानलहरुलगायत अन्य विभिन्न टेलिभिजन च्यानलहरु प्रत्यक्ष हेर्न सकिने छ।



नेपाल टेलिकमको मोबाइल प्रयोगकर्ताले गूगल प्ले स्टोर तथा एप्पल एप स्टोरमार्फत ‘एनटीटीभी’ एप डाउनलोड गर्नुपर्छ र एपमा आफ्नो मोबाइल नम्बर र ओटीपी कोड राखेपछि सो एप प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । त्यसपछि डाटा प्याक तथा वाईफाईमार्फत आफूलाई मन परेको च्यानल सहजै हेर्न सकिन्छ । त्यस्तै कम्पनीले एपमा भएका च्यानलहरु हेरेबापत हाल छुट्टै शुल्क भने तिर्नु नपर्ने बताएको छ ।

सम्बन्धित समाचार