नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ जेठ ।

काठमाडौँ उपत्यका सहित अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सार्वजनिक यातायातको भाडा फेरि बढेको छ । आज (शुक्रबार) बाट लागू हुने गरी यातायात व्यवस्था विभागले अन्तरप्रदेश सार्वजनिक सवारी साधनको भाडा बढाएको हो ।
पेट्रोलियम पदार्थको मूल्य बढेसँगै विभागले सार्वजनिक यातायातको सवारी भाडा समायोजन गरेको जनाएको छ । विभागले सार्वजनिक यातायातको २.५ प्रतिशतको दरले भाडा बढेको जनाएको छ । जसमा यात्रु वहाक सवारी साधनको भाडामा २.५, पहाडी बाटोमा सञ्चालन हुने मालबहाक सवारीमा ३.३ र तराईका बाटोमा सञ्चालन हुने मालबाहाक सवारीको भाडामा ३.७ प्रतिशतले बढेको छ।
विभागले पेट्रोलियम पदार्थको मूल्य बढेसँगै सार्वजनिक सवारी साधनको पनि भाडा समायोजन गरिएको जनाएको छ । नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य पेट्रोल,८ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर रु १२ ले बढाएको हो ।
यस्तो छ नयाँ भाडादर :

