यसरी गरियो बिजुली प्रशारण लाइनको तारमा हिड्ने व्यक्तिको उद्धार (अपडेट)

नुवाकोटको ककनीस्थित विद्युत् प्रशारण लाइनमा हिँड्ने एक व्यक्तिको नेपाली सेनाले सकुशल उद्धार गरेको छ । शनिबार बिहान ९ बजेदेखि उनी बिजुली प्रशारण लाइनमा हिँडिरहेको उनलाई लगभग आठ घण्टा पछि नेपाली सेनाले सकुशल उद्धार गरेको हो ।

नुवाकोटको बेल्कोटगढी नगरपालिका–१३ घलेगाउँका माइला भन्ने प्रेम विक नाम गरेका व्यक्ति प्रशारण लाइनको खम्बाबाट तारसम्म पुगेका थिए । विद्युत प्रशारण लाइनमा विक पुगेपछि स्थानीयले खबर गरेपछि विद्युत् प्राधिकरणका कर्मचारीले विद्युत् प्रसारण बन्द गरेका थिए । त्यसपछि ती व्यक्ति पोलबाट चढेर तारतारै हिँडिहेका दृष्य सामाजिक सञ्जालमा भाइरल भएको थियो ।



शनिबार प्रहरी र स्थानीय वासिन्दाले उनलाई तल ओर्लन आग्रह गरेपनि नमानेका कारण काठमाडौँबाट हेलिकप्टरमा गएको सेनाको विशेष फौज बाहिनीबाट खटिएको तालिमप्राप्त टोलीले उनलाई उद्धार गरेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए । मानसिक सन्तुलन गुमाएका विक परिवारसँग झगडा गरेर बिजुलीको तारमा छाडेको स्थानीयले बताएका छन् । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुस :

एक व्यक्ति ६ घण्टादेखि बिजुली प्रशारण लाइनको तारमा हिँडिरहेपछि…

सम्बन्धित समाचार