स्पेन विजयी हुँदा पोर्चुगल पराजित

यूईएफए नेसन्स लिग फुटबलमा स्पेन विजयी हुँदा पोर्चुगल पराजित भएको छ । आइतबार राति भएको खेलमा स्पेनले चेक रिपब्लिकलाई २-० ले पराजित गरेको हो भने पोर्चुगल स्विजरल्याण्डसँग १-० ले स्तब्ध भयो ।

स्पेन



जितसँगै लिग ‘ए’ समूह २ को शीर्ष स्थानमा उक्लिएको छ । स्पेनलाई जित दिलाउन कार्लोस सोलेर र पाब्लो सराबियाले समान १-१ गोल गरे ।खेलको २४ औं मिनेटमा सोलेरले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा स्पेनले थप एक गोल गर्यो । खेलको ७५ औं मिनेटमा सराबियाले गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए ।

त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र खेल स्पेनले २-० ले आफ्नो पक्षमा पार्यो । जितसँगै स्पेन स्पेनले ४ खेलमा ८ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा छ भने ४ खेलमा ४ अंक जोडेको चेक रिपब्लिक तेस्रो स्थानमा रहेको छ ।

स्विजरल्याण्ड

त्यसैगरी यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत नै भएको अर्को खेलमा स्विजरल्याण्ड विजयी भएको छ । आइतबार राति भएको खेलमा स्विजरल्याण्ड पोर्चुगललाई १-० पराजित गरेको हो । स्विजरल्याण्डलाई जित दिलाउन हरिस सेफेरोभिकले निर्णायक गोल गरे । खेलको पहिलो मिनेटमै हरिसले स्विजरल्याण्डलाई अग्रता दिलाए । त्यसपछि थप समयमा दुवै टोलीबाट गोल भएन र खेल स्विजरल्याण्डले १-० ले जित्यो । यद्यपि दुवै टोलीले केही सुन्दर अवसर खेर फालेका थिए ।

पोर्चुगल क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको थियो । जितसँगै स्विजरल्याण्ड ४ खेलमा ३ अंक जोडेर पुछारमा छ भने ४ खेलमा ७ अंक जोडेको पोर्चुगल दोस्रो स्थानमा रहेको छ ।

 

 

सम्बन्धित समाचार