नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० जेठ ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ७ जना फेला परेका छन् । कास्की, पोखरा महानगरपालिका-१३ स्थित दुई कुलोको मुहानमा सोही ठाउँ डेरा गरी बस्ने लमजुङ भोजे घर भएका ५७ वर्षीय लाल बहादुर गुरुङ आइतबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै मोरङ, सुनवर्षी नगरपालिका-३ सुरत बस्ने ४९ वर्षीय मङजोल भन्ने सिडो टुडु सोही नगरपालिका-४ स्थित खेतमा आइतबार मृत अवस्थामा फेला परेका छन् । काम गर्न भनी शनिबार उक्त खेतमा गएकोमा फर्कि नआएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको हो ।
यस्तै काभ्रेपलाञ्चोक, बेथानचोक गाउँपालिका-३ सौर्य बस्ने ५० वर्षीय शेर बहादुर घले आफ्नै घरबाट करिब १ सय मिटर टाढा रहेको सडकमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यता भक्तपुर, मध्यपुरथिमी नगरपालिका-८ बोडेस्थित निर्माणाधिन टहरामा सोही ठाउँ बस्ने ५१ वर्षीय कल्याण साहु आइतबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी पर्सा, जगरनाथपुर गाउँपालिका-६ स्थित औराहा नारा खोल्सीमा बहुदरमाई नगरपालिका-२ सिसिया बैरिया बस्ने ४० वर्षीय राजेश राम शनिबार मृत अवस्थामा फेला परेका छन् । यता रूपन्देही, बुटवल उपमहानगरपालिका-४ स्वर्गद्वारीपथ डेरा गरी बस्ने कास्की घर भएका ४१ वर्षीय आइते दमाई आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी नुवाकोट, ककनी गाउँपालिका-१ सिमटार बस्ने ६० वर्षीय काले कामी सोही ठाउँस्थित कोही नबस्ने कच्ची घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

