नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० जेठ ।

टि-फोर फाउन्डेसनको आयोजना र टोखा न.पा वडा न. ८ को सहकार्यमा वडा परिसर र विनायक अन्नपूर्ण पुष्प वाटिका केन्द्र परिसरमा गत शनिबार कपुर, तेजपात, पयौं लगायतका विरुवाहरु रोप्दै वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
प्रमुख अतिथि दिपक ज्ञवली वडाध्यक्ष रमेश खत्री ,फाउन्डेसनका अध्यक्ष निश्चल घिमिरेले संयुक्त रुपमा विरुवा रोप्दै वृक्षारोपण कार्यक्रमको शुभारम्भ गरेका थिए । उक्त कार्यक्रम वातावरण विभागका उपसचिव दिपक ज्ञवालीको प्रमुख आतिथ्यमा नगरपालिकाका उपमेयर मुरारी तामाङ, वडाध्यक्ष रमेश खत्री , फाउन्डेसनका सल्लाहकार राजेन्द्र घिमिरे ‘सागर’ , पुष्प वाटिका र टि -फोर फाउडेसनका पदाधिकारी, स्थानीयवासी लगायतको उपस्थितिमा सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि दिपक ज्ञवालीले युवाहरुले संचालन गरेको फाउन्डेसनले पहिलो काम नै वातावरण संरक्षणमा देखाएको अग्रसरता ‘माटो बचाउ’ अभियानका लागि वृक्षारोपण अभियान राम्रो कार्य भएकोले यसमा हामी सबैले साथ दिनुपर्ने बताउँदै रोपिएको विरुवाको संरक्षण गर्नका लागि स्थानीयवासीलाई आग्रह गरेका थिए।
त्यस्तै वडाध्यक्ष रमेश खत्रीले वातावरण संरक्षणका लागि वृक्षारोपण कार्यक्रममा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्दै प्रकृति, कला साहित्य ,संस्कृति जोगाउने कार्यमा आफ्नो सधै साथ र सहयोग रहने बताए ।
फाउन्डेसनका अध्यक्ष निश्चल घिमिरेले आफू जन्मेको देशका लागि असल काम गर्नकै लागि जि फोर फाउन्डेसन हामी युवाहरू मिलेर बनाएको बताए । वातावरण जोगाउनु पहिलो काम सम्झी वृक्षारोपण गर्न आएको भन्दै उनले टोखा न पा ८ का वडाध्यक्षको साथ र सहयोग लागि हार्दिक आभार व्यक्त गरेका थिए । घिमिरेले रोपिएको विरुवाहरुको संरक्षण गर्दै हुर्काउन सके भोलि यही रुखहरु हामी र हाम्रो भावी पुस्ताको सहारा बन्ने बताए ।
साथै उनले ‘हरियो वन नेपालको धन’ अब किताबमा मात्र सिमित हुन लागेकोले हामीले आफ्नो गाउँ ठाउँमा, खाली रहेका जमिनहरुमा माटो जोगाउ रुख रोपौं अभियान संचालन गर्न सबैमा आग्रह गरेका थिए । त्यस्तै उनले कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन व्यक्त गर्दै आफू बोलेर भन्दा पनि गरेर देखाउने लक्ष्यका साथ अगाडी बढिरहेको हुँदा टि -फोर फाउन्डेसनलाई सबैबाट साथ र सहयोगको अपेक्षा व्यक्त गरेका थिए ।

