नवनियुक्त मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

एक राज्यमन्त्रीले पनि लिए शपथ

नेकपा एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (सोमबार) नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

 



राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चार मन्त्रीलाई राष्ट्रपति कार्यालय शितल निवासमा शपथ खुवाएकी हुन् । त्यस्तै नवनियुक्त स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राज्यमन्त्री पदको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

नवनियुक्त मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

नयाँ मन्त्रीमा जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, मेटमणि चौधरी सहरी विकास मन्त्रालय, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका छन् । त्यसैगरी राज्यमन्त्रीमा हीराचन्द्र केसी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छन् ।

 

उक्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री देउवा, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालगायतको उपस्थिति थियो । शपथपछि मन्त्रीहरुले आजै कार्यभार सम्हाल्दैछन् । राष्ट्रपति भण्डारीले गत असार २९ गते गठित मौजुदा मन्त्रिपरिषद्मा प्रधानमन्त्रीको सिफारिसमा आइतबार नेकपा एकीकृत समाजवादीका मन्त्रीहरु हेरफेर गरेकी हुन् ।

नवनियुक्त मन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

यो पनि पढ्नुस :

मन्त्रिपरिषद् हेरफेर, यी हुन् एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु (सूचीसहित)

 

सम्बन्धित समाचार