अन्तत: राज्यमन्त्री वलीले दिइन् राजीनामा

लुम्बिनी प्रदेशका स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले अन्तत: राजीनामा दिएकी छिन् । राज्यमन्त्री वलीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीसमक्ष राजीनामा बुझाएकी हुन् ।

उनले गत जेठ ३१ मा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई हातपात गरेको अभियोगमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । दाङबाट नियन्त्रणमा लिएको वलीलाई स्वास्थ्यमा समस्या भएको भन्दै बुटवल लगिएको थियो ।



यसैबीच लुम्बिनी प्रदेश सरकारले राज्यमन्त्री विमला खत्री वलीमाथि छनबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । उक्त समितिमा आन्तरिक मामिला तथा सञ्‍चार मन्त्री तिलकराम शर्माको नेतृत्वमा गरेको छानबिन समितिको सदस्यमा महिला, बालबालिका तथा कानून मन्त्री रमा घर्तीमगर र मुख्य न्यायाधिवक्ता श्रीकृष्ण सुवेदी रहेका थिए । वलीले छानबिन समितिको प्रतिवेदन आउनुअघिनै राजीनामा दिएकी हुन् ।

 

सम्बन्धित समाचार