प्रचण्डले एमालेमा बिउ रोपेर आएको भनेपछि…

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरुले नेकपा एमालेमा बिउ रोपेर आएको भन्दै त्यो केही समयपछि फूल्ने र फल्ने बताएका छन् । आज (बुधबार) पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले माओवादी एक हुनुपर्छ भन्ने दबाब जनताबाट आएको बताएका छन् । अध्यक्ष प्रचण्डले केपी शर्मा ओलीको नेतृत्व नरहने भने एमालेका नेता र कार्यकर्तालाई पनि सँगै समेटेर जान सकिने दाबी गरे । त्यस्तै प्रचण्डले राष्ट्रिय स्वाधिनता र परिवर्तनका लागि माओवादी धारका नेता कार्यकर्तालाई एकताबद्ध हुन आह्वान समेत गरेका छन् ।



उनले भने, ‘नेकपा एमालेमा पनि केपी ओली प्रवृत्ति नहुने हो भने र नेतृत्व त्यो नहुने हो भने अरु हजारौँ, कार्यकर्ता, नेतालाई आरामसँग समाजवादको यात्रामा डोर्‍याउन सकिन्छ भन्ने मेरो विश्वास छ ।’ दाहालले भने, ‘हामी माओवादीले एमालेमा बीउ रोपेर आएको छौँ, केही समयपछि त्यो फुल्छ, फल्छ ।’

‘माओवादी आन्दोलनको बलमा नै मुलुकमा परिवर्तन आएको तथ्य जगजाहेर छ। परिवर्तनको स्वामित्व माओवादीले लिनुपर्छ। अब जनता पनि आजित भए । अब तिमी माओवादी एकै ठाउँमा बस भनेर सबैलाई भन्न थाले । कार्यकर्ताको भावना पनि चुनाव नै हो भन्ने देखियो’ प्रचण्डको भनाइ छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पूर्व पोलिटब्युरो सदस्य ओमप्रकाश पुनलगायतका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।

कार्यक्रममा उनले विगतमा केही साथीहरु ‘क्रान्तिका लागि’ भन्दै माओवादीको मुल धारबाट बाहिरिएको र अहिले तिनैमध्ये कतिपय साथीहरु फर्किन थालेको उल्लेख गरेका छन् ।

 

 

 

सम्बन्धित समाचार