मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

सरकारले असार १४ गते मंगलबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (बुधबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो ।

असार १४ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल सरकारले विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाएर बनोटमा हेरफेर गर्न स्वीकृत दिने , उपत्यका भित्र प्रसारण लाइन तथा सवस्टेशनमा संरचनागत सुधार, स्तरोन्‍नती तथा विस्तार गर्नका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने लगायतका निर्णय मन्त्रिपरिषद्ले गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलन गरी जानकारी दिए ।



यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु

श्रेणीबिहीन स्थायी कार्यालय सहयोगी पदका कर्मचारीको सेवा समूह र पद परिवर्तन गर्ने निर्णय

विभूषणमा प्रयोग हुने सुनको परिमाण घटाएर बनोटमा हेरफेर गर्न स्वीकृत दिने निर्णय

कार्यसम्पादन करार निर्देशिका २०७९ स्वीकृत गर्ने निर्णय

वीरगञ्ज–सिमरा–पोखरीया प्रशारण लाइनको टावर तथा सब स्टेशनको लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय

उपत्यका भित्रका प्रशारण लाइन तथा सब स्टेशनहरुमा संरचनात्मक सुधार, स्तरोन्नती तथा विस्तार गर्नका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भकी कारबाही चलाउने अधिकारी तोक्ने निर्णय

सशस्त्र प्रहरी दोस्रो संशोधन नियमावली २०७९ को मस्यौदाउपर लोकसेवा आयोगको परामर्श लिने निर्णय

मध्य भोटेकोशी जलविद्युत आयोजनाको २२० केबी प्रशारण लाइनको लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय

कार्बन उत्सर्जन न्यूनिकरण खरिद सम्झौता गर्न वार्ता टोली गठन गर्ने निर्णय

भेडेटार स्काई वार्प निर्माणको लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय

वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा शीतल साहू पूर्वे (धनुषा)लाई नियुक्त गर्ने निर्णय

निजामति सेवा पुरस्कार सिफारिस समितिको सदस्य तोक्ने निर्णय

महाकाली पुल आयोजना क्षेत्रमा रहेका रुख हटाउने निर्णय

सम्बन्धित समाचार