राष्ट्रियसभाको बैठक सुरु – LIVE

राष्ट्रियसभाको बैठक सुरु भएको छ। आज (शुक्रबार) बिहान ११ बजेबाट बैठक सुरु भएको हो ।

आजको बैठकमा विभिन्न विधेयकको विषयमा छलफल हुने कार्यसूची रहेको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, २०७९ माथिको दफाबारे छलफल सदनमा गरियोस्, आर्थिक विधेयक २०७९ पारित गरियोस्, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ माथिको दफाबार छलफल सदनमा गरियोस्, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ पारित गरियोस्, ऋण तथा जमानत (पच्चिसौँ संशोधन) विधेयक, २०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।



त्यस्तै, बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि सदनमा दफाबार छलफल गरियोस्, औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ पारित गरियोस्, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) २०७९ माथि सदनमा दफाबार छलफल गरियोस्, स्वाथ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) २०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक २०७९ माथि सदनमा दफाबार छलफल गरियोस्, रेल्वे विधेयक २०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

भिडियो –

भिडियो साभार – National Assembly Nepal राष्ट्रिय सभा नेपाल

सम्बन्धित समाचार