प्रचण्ड र राजेश हमालबीच भेटवार्ता, के भयो कुराकानी ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली चलचित्रका महानायक राजेश हमालबीच भेटवार्ता भएको छ । आज (शुक्रबार) बिहान प्रचण्ड निवास खुमलटारमा दाहाल र हमालबीच भेटवार्ता भएको हो ।

राजेश हमाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए । भेटवार्तामा समसामयिक राजनीतिक, नेपालको चलचित्र उद्योग, कला क्षेत्र, राज्यको लगानी र उत्प्रेरणालगायत विषयमा छलफल भएको भेटमा सहभागी सङ्गीतकार चेतन सापकोटाले जानकारी दिए ।



भेटमा दाहालले नेपालको चलचित्र उद्योगलाई अन्तर्राष्ट्रियस्तरमा पुर्याउनका लागि राज्यका तर्फबाट जे–जति भूमिका निर्वाह हुनुपर्ने हो, त्यसो हुन नसकेकाले मिलेर काम गर्नुपर्ने बताएका थिए । त्यस्तै उनले राजेश हमालको प्रशंसा गर्दै नेपाली चलचित्र क्षेत्रलाई लामो समयसम्म डोर्‍याएर समृद्ध बनाउन नायक हमालले भूमिका निर्वाह गरेको बताए । भेटको प्रवन्ध सापकोटाले मिलाएका थिए । यसैगरी सामूहिक भेटवार्ता पछि प्रचण्ड र हमालबीच मात्र छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

 

सम्बन्धित समाचार