रवि लामिछानेको पार्टी निर्वाचन आयोगमा दर्ता, यस्तो छ चुनाव चिन्ह

निर्वाचन आयोगले पार्टीको नामकाविरुद्धमा परेका २ उजुरी खारेज गर्दै रवि लामिछाने नेतृत्वको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ आयोगमा दर्ता गरेको छ । आज (शुक्रबार) आयोगमा दल दर्ता भएसँगै लामिछानेलाई आयोगले दल दर्ताको प्रमाणपत्र दिएको हो ।

ऐनमा कतैपनि कुनै नामका आधारमा पार्टीको नाम हुने वा नहुने भन्ने व्यवस्था नभएकोले सो उजुरीको कुनै औचित्य नभएको आयोगले ठहर गरेको छ । उनले गत असार ७ गते राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए । आज एक पत्रकार सम्मेलन गर्दै रविले आफ्नो दल आयोगमा दर्ता भएको जानकारी दिए ।



दलमा स्वतन्त्र शब्द राख्न नपाइने भन्दै आयोगमा लामिछानेको पार्टीविरुद्ध उजुरी परेको थियो । त्यस्तै रविले दलको चुनाव चिन्ह गोलाकारभित्र घन्टी पाएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीमा २१ जनाको केन्द्रीय समिति रहेको र समितिमा रहेकाको नाम केही दिन भित्रै सार्वजनिक गर्ने बताए ।

सम्बन्धित समाचार