माओवादी केन्द्रीय समिति बैठकमा यी ९ एजेण्डामा छलफल हुने

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ । आज (आइतबार) बाट बैठक राष्ट्रिय सभागृहमा सुरू भएको हो ।

बैठकमा विभिन्न ९ एजेण्डाबारे छलफल हुने भएको छ । बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीबारे बहस नहुने भएको छ । यसअघि बसेको बैठकमा एमसीसीबारे अर्को बैठकमा छलफल हुने निर्णय गरेको थियो । तर यस पटकको बैठकमा पनि एमसीसीको विषय समावेश भएको छैन ।



बैठकमा नयाँ सदस्यहरुको सपथग्रहण, बैठक सन्चालन प्रक्रियाबारे अध्यक्षबाट जानकारी, प्रदेशहरुबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी र विविध गरी नौ एजेण्डामा छलफल हुने प्रचण्डले बताए । ब्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट एमसीसी संसदबाट पारित भएपछि नेता नारायणकाजी श्रेष्ठ समूहले असन्तुष्टि जनाएको थियो ।

सम्बन्धित समाचार