यस्तो छ प्रचण्डको राजनीतिक प्रतिवेदन (पूर्णपाठसहित)

गठबन्धनमा कांग्रेस इमानदार र गम्भीर भएन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गरेका छन् । आज (आइतबार) राजधानीको प्रज्ञा प्रतिष्ठानमा सुरु भएको केन्द्रीय समिति बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेश गरेका हुन् ।

प्रचण्डले पेश गरेको १० बुँदे प्रतिवेदनमा स्थानीय तहको निर्वाचनमा गठबन्धन भित्र नै असमझदारी भएको उल्लेख गरेका छन् । उनले स्थानीय तहमा नेपाली कांग्रेस इमानदार र गम्भीर नभएको बताएका छन् । त्यस्तै उनले पार्टीका सङ्गठन र आचरण दुबैमा सुधार आवश्यक रहेको बताएका छन् ।



प्रतिवेदनमा भनिएको छ, ‘सरकारमा सहभागी दलहरुबीचको चुनावी गठबन्धनबारे नेतृत्व तहमा जुनस्तरको समझदारी र आवश्यकताको महसुस थियो, त्यही स्तरको समझदारी स्थानीय तहमा कायम हुन सकेन ।’ ‘खासगरी नेपाली कांग्रेसको पुरै शक्ति गठबन्धनप्रति इमानदार र गम्भीर पाइएन ‘ राजनीतिक प्रतिवेदनमा उल्लेख छ । प्रचण्डले नेकपा एकीकृत समाजवादीले आफ्नो वास्तविक स्थितिभन्दा बढी सिट दावी गरेको पनि बताए । उनले जनता समाजवादी पार्टी आफ्नो आधारमा बलियो भएको तराई/मधेसका स्थानमा गठबन्धनप्रति अनिच्छुक रहेको बताए ।

अध्यक्ष प्रचण्डले रोल्पा, रुकुम, सल्यान, कालिकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोक लगायतका जिल्लामा माओवादी बलियो भएका ठाउँमा कमजोर बनाउन नेकपा एमालेसँग मिलेर पराजित गर्ने वा कमजोर बनाउन खोजेको उल्लेख छ । त्यसैगरी कांग्रेसले आफू बलियो रहेको स्थानमा अन्य दलहरुको गठबन्धन बन्न नदिने नीति लिएको बताइएको छ । प्रचण्डले स्थानीय तह निर्वाचनमा माओवादी मात्र गठबन्धनप्रति इमान्दार देखिएको बताएका छन् ।

‘नेपाली कांग्रेसले आफू बलियो भएको स्थनमा अन्य दलहरुको गठबन्धन बन्न नदिने, हामी(माओवादी) र गठबन्धनका दलहरु बलियो भएको ठाउँमा एमाले वा अन्य दलसँग तालमेल गर्ने, आफू (कांग्रेस) कमजोर भएको ठाउँमा पाँचदलीय गठबन्धन कायम गर्ने, कतिपय स्थानमा कांग्रेसका नेताहरुबाटै बागी उम्मेदवार खडा गर्ने जस्ता अघोषित नीति लिएको देखिन्छ’ प्रचण्डले पेश गरेको प्रतिवेदनमा भनिएको छ । यस्तै प्रचण्डले प्रतिवेदनमा आगामी निर्वाचनमा पार्टीका रणनीति तथा तयारीका विषय पनि उल्लेख गरेका छन् ।

यस्तो छ प्रतिवेदनको पूर्णपाठ :

यस्तो छ प्रतिवेदनको पूर्णपाठ :

सम्बन्धित समाचार