जसपाले ३ मन्त्रीलाई फिर्ता बोलायो, को-को बन्दैछन् नयाँ मन्त्री ? (सूचीसहित)

जनता समाजवादी पार्टी (जसपा)ले तीन जना मन्त्रीलाई फिर्ता बोलाउँदै प्रस्तावित ३ नयाँ मन्त्रीको नाम प्रधानमन्त्री समक्ष सिफारिस गरेको छ ।जसपाले भौतिक पूर्वाधार मन्त्री रेणु यादव, कृषि मन्त्री महिन्द्र राय यादव र वन मन्त्री राम सहाय यादवलाई फिर्ता बोलाएको हो ।

यद्यपि जसपाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिएको छ । अध्यक्ष उपेन्द्र यादवले आइतबार राति नै ३ जना नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सिफारिस गरेका हुन् ।



तीन जना नयाँ मन्त्रीमा इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह रहेका छन् । राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र सिंहलाई कृषिमन्त्रीका रुपमा सिफारिस गरिएको जसपा जनाएको छ । नयाँ मन्त्रीहरुको शपथ आज वा भोलि हुन सक्ने बालुवाटार स्रोतले बताएको छ ।

सम्बन्धित समाचार