प्रतिनिधिसभाको बैठक सुरु – LIVE

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक दिउँसो १ बजेबाट नयाँवानेश्वरस्थित संसद भवनमा सुरु भएको हो ।

आजको बैठकमा विभिन्न विधेयकमाथि छलफलका लागि प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले प्रतिनिधि सभामा उत्पति भएका विधेयकका सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।



त्यस्तै बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले दुई वटा प्रतिवेदन पेस गर्ने र वन तथा वातावरणमन्त्री रामसहाय यादवले प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

भिडियो –

भिडियो साभार – House of Representatives Nepal प्रतिनिधि सभा नेपाल

यस्ता छन् कार्यसूची :

यस्ता छन् कार्यसूची :

 

सम्बन्धित समाचार