मन्त्रिपरिषद् पुनर्गठन, यी हुन् जसपाका नयाँ मन्त्रीहरु (सूचीसहित)

शपथ ग्रहण आजै

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । आज (सोमबार)प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका तीन नेतालाई सरकारमा सहभागी गराएर मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा तीन मन्त्रीको नियुक्ति र कार्यविभाजन तोकेकी राष्ट्रपति कार्यालयले जनाएको छ ।



प्रधानमन्त्री देउवाको सिफारिसमा जसपाबाट कृषि तथा पशुपन्छी विकास मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमा मोहम्मद इस्तियाक राई र वन तथा वातावरणमा प्रदीप यादवलाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । जसपाले तीन जना मन्त्रीलाई फिर्ता बोलाउँदै प्रस्तावित ३ नयाँ मन्त्रीको नाम प्रधानमन्त्री समक्ष सिफारिस गरेको थियो । जसपाले भौतिक पूर्वाधार मन्त्री रेणु यादव, कृषि मन्त्री महिन्द्र राय यादव र वन मन्त्री राम सहाय यादवलाई फिर्ता बोलाएको हो । यद्यपि जसपाले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री रहेका राजेन्द्र श्रेष्ठलाई भने निरन्तरता दिएको छ ।

शपथ ग्रहण आजै
यसैबीच नवनियुक्त भएका तीन जना मन्त्रीको शपथग्रहण आजै हुने भएको छ । शपथ कार्यक्रम आज ४ बजे हुने राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । राष्ट्रपति कार्यालयमा शपथग्रहणको तयारी सुरु भएको छ ।

विज्ञप्ति

विज्ञप्ति

विज्ञप्ति

 

सम्बन्धित समाचार