गृहमन्त्री खाँण र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता, के भयो कुराकानी ?

गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवबीच भेटवार्ता भएको छ । आज (सोमबार) गृह मन्त्रालयमा गृहमन्त्री खाँण र राजदूत श्रीवास्तवबीच भेटवार्ता भएको हो ।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध थप सुदृढ र प्रगाढ बनाउनेबारेमा छलफल भएको थियो । राजदूत नियुक्त भएर नेपाल आएपछि श्रीवास्तवले गृहमन्त्री खाँणसँग पहिलोपटक भेटघाट गरेका हुन् ।



त्यस्तै गृहमन्त्री खाँणले राजदूत श्रीवास्तवलाई नेपाल सरकार र भारत सरकारबीच भएको सम्झौता अनुरुप कृषि रासायनिक मल छिटो उपलब्ध गराउनका लागि सहजीकरण गरिदिन आग्रह गरेका थिए । राजदूत श्रीवास्तवले उक्त विषयमा आफूले पहल कदमी लिने बताएका छन् ।

सम्बन्धित समाचार