ओलीले एसपीपीमा आफ्नो संलग्नता भएको प्रमाण पेस गरियोस् भनेपछि…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा आफ्नो संलग्नता नभएको बताएको छ । आज (सोमबार) प्रतिनिधि सभा बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूले एसपीपीमा पत्राचार भएको विषयमा कुनै प्रमाण भए पेश गर्न चुनौती दिएका छन् । ‘कुन कुन प्रधानमन्त्री, को को रक्षामन्त्रीले निर्णय गरेका हुन् ? सत्थ्यतथ्य कुरा बाहिर ल्याउन म आग्रह गर्दछु’ उनले प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गर्दै भने, ‘यस विषयको सत्यतथ्य कुरा सदनलाई जानकारी गराउनुपर्छ, प्रधानमन्त्रीज्यूले त्यो काम गर्नुहोला ।’



ओलीले एसपीपीको विषयमा सत्तामा बसेका नेताहरूले यस्तो भ्रमपूर्ण कुरा गरेको भन्दै यस विषयमा आफूले संसदमा बोल्नु परेको बताए । उनले भने, ‘म प्रधानमन्त्री भएपछि एसपीपी सम्झौताका लागि पत्र पठाइएको भनिएको छ । मेरो नेतृत्वको सरकारले निर्णय गरेको छैन ।’

सम्बन्धित समाचार